२०८१/०८२ को बजेट: सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा प्रयोग गर्नुपर्ने

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था हुने बताएका छन् । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले स्वदेशी गलैँचाको प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख गरेका हुन् ।

निजगढदेखि ढल्केबरसम्म पूर्वपश्चिम राजमार्गलाई नेपाली गलैँचा करिडोर बनाइने पनि उनले बताए । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहनका लागि नेपालमै बनेको गलैँचा प्रयोग गर्न बाध्य पार्न लागिएको हो ।