अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालकको सम्पति धितोमा बचत फिर्ता हुने बताएका छन् । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र घर परिवारको सदस्यको सम्पति धितोमा पाँच लाखसम्मको बचकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् ।
उनले सहकारीसम्बन्धी कानुन संशोधन गर्ने घोषणा गरे । उनले सहकारीको सिद्धान्त र नीति अनुसार सहकारी सञ्चालन हुने व्यवसथा गर्ने बताए । यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी नियमन गर्न नियामक स्थापना गर्ने उनले बताए । यस्तै बचत तथा ऋण सहकारी मर्जर सहजिकरण गर्ने उनले बताए ।


















