उच्च अदालतले सफाइ दिइसकेको क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा
सहभागि हुन अमेरिकन राजदूतावासले भिसा नदिएपछि सन्दीप समस्यामा परेका छन।
अमेरिकी दूतावासले बुधबारसम्म पनि सन्दीपलाई भिसाको ग्रीन सिग्नल दिएको छैन । लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएपछि युवाहरूको समूहले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

माइतघीर मण्डलबाट जुलुस निकालेर लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूतावास घेर्न युवाहरूको समूह गएको छ ।यसैबिच दुर्गा प्रसाईले सामाजिक संजालमा भनेका छन यदि सन्दीप लामिछानेले मलाई भेटे भने एकै पटकमा भिसा लाग्छ ।


















