विभिन्न जिल्लाका १८ वटा निर्माण कम्पनी कालोसूचीमा

विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका  १८ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । विभिन्न निर्माण कम्पनीहरूलाई अनुगमन कार्यालयले छ महिनादेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रालि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ भने बिकोई-जय बागेश्वरी-सिस्ने जेभी नेपालगन्ज र यसअन्तर्गतका बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगन्जलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । धुलीखेल-जेके जेभी कोहलपुर बाँके र यसमातहतका दुई कम्पनीलाई ‍डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।