नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ। बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले आगामी आर्थिक वर्षको लागि अघि सारको बजेट लगायतका विषयमा छलफल भइरहेको एक सांसदले बताए। पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटको छलफलमा कसरी भाग लिनेबारे पनि सांसदहरूले धारणा राखिरहेका छन्।
प्रतिनिधि सभाको बैठक जेठ २० गतेलाई बोलाइएको छ। आइतबारबाट बजेटमाथिको छलफल सुरू हुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ।


















