आज पनि सुनको मूल्य स्थिर

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार पनि सुनको सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।