प्राइम सहकारीको रकम अपचलन प्रकरण : तीन जना पक्राउ

प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-४ गैह्रपाटनपस्थित उक्त सहकारीको रकम अपचलनविरुद्ध पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका-१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा-३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की छन् ।

सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए । प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनछेक बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।