दुई देशको नागरिकता प्रयोग गरी कोरियामा युवाहरु ठग्दै संगिता गुरुङ

काठमाडौं । लमजुङमा जन्मेर काठमाडौंबाट नागरिकता बनाई हाल कोरियामा बस्दै आएकी संगिता गुरुङले दुई वटा नागरिकता बनाएर तिनै नागरिकताको प्रयोग गरि विभिन्न व्यक्तिलाई ठग्ने गरेको सान न्यूजलाई समाचार प्राप्त भएको छ ।

संगिता गुरुङले नेपाली नागरिकता २०५२ साल असोज ४ गते काठमाडौं वडा नं ३ ठेगाना राखेर काठमाडौं जिल्ला प्रशासन बाट लिएकी छिन् । उनको नागरिकता नम्बर २७९२/३९८१/५४९२ रहेको छ । यिनै संगिता गुरुङले नेपाली नागरिकता नत्याग्दै कोरियाबाट पनि नागरिकता लिएकी छिन् । उनले सन् २०१८ मा रिपब्लीक अफ कोरिया(दक्षिण कोरिया)बाट संगिता गुरुङको नामबाट २१५६५११ नम्बरको नागरिकता लिएकी छिन् । उनले दुबै नागरिकता प्रयोग गरेर नेपालको नागरिकताबाट नेपाली पासपोर्ट र कोरियन नागरिकताबाट कोरियन पासपोर्ट समेत लिएर प्रयोग गर्ने गरेको बुझिएको छ ।

उनले नेपाली नागरिकता प्रयोग गरेर काठमाडौंमा घरजग्गा समेत किनेकी छिन् । उनले २०७९ फागुन २८ गते नेपाली नागरिकता प्रयोग गरि साविक विष्णु गाबिस हाल बुढानिलकण्ठ नगरपालिका ६ (क) को कित्ता नम्बर ६७०, १२८३, १५९५ नम्बरका तीन वटा कित्ताको कुल क्षेत्रफल साढे ५ आना र त्यसमा बनेको घरसमेत किनेकी छिन् । स्रोतका अनुसार उनले उक्त घरजग्गा किन्दा दुई करोड २६ लाखमा किन्ने वडा कार्यालयमा कागज गरेपनि मालपोत कार्यालय चावहिलमा जग्गा घर किन्ने समयमा १ करोड ६ लाखमा किनेको भनी राजस्वसमेत ठगि गरेको पाइएको छ । त्यसो त उनले आफ्ना दुई थरी नागरिकता प्रयोग गरेर विभिन्न व्यक्तिलाई ठगि गर्ने गरेको समेत तीन जना पीडितले सान न्यूजलाई बताए । उनीहरुले आफू अरु पनि पीडित भएको बताए ।

कोरियामा संगिताले गैरकानुनी रुपमा बस्दै आएका नेपाली युवाहरुलाई शुरुमा मित्रता कायम गर्ने कोरियन नागरिकता देखाएर तिमीहरुलाई म कोरियामा बस्ने वातावरण बनाउँछु भन्दै प्रत्येकसँग कोरियन वन दुई देखि तीन करोड (नेपाली २० देखि ३० लाख रुपैयाँ) लिइ पछि सम्पर्कविहीन हुने खोज्दै जाँदा भेटिए तिमी अबैधानिक छौ तिमीलाई कोरियन प्रहरीलाई बोलाएर पक्राउ गरी नेपाल पठाउँछु भनेर धम्की दिने गरेको पीडितले बताए ।

समाजमा सामाजिक र आर्थिक हैसियत मजबुत भएका व्यक्तिहरु भेटिएमा उनीहरुसँग शुरुमा मित्रवत साइनो गास्ने र पैसा सापटी लिने यदि पछि सापटी दिएको पैसा फिर्ता मागेमा तैले मलाई नराम्रो व्यवहार गरिस् भनेर प्रहरीकोमा जान्छु भनि धम्की दिने र उल्टो झुटा मुद्धा लगाइ दुःख दिने गरेको गुरुङबाट पीडित भएकाहरुले बताए । झुटा मुद्दाको डरले कतिपय व्यक्तिहरु नेपाल फर्किसकेका सान न्यूजलाई बताए । गुरुङको कृयाकलापमाथि सरोकार निकायले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने पीडितहरुको माग छ ।