काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई उनको सल्लाहकारको टिमले बद्नाम गराउने खतरा बढेको महानगरपालिका स्रोतले बताएको छ । काठमाडौं महानगरपालिका स्रोतले सान न्यूजसँग कुरा गर्दै भन्यो, ‘मेयर बालेन शाह भिजन र अठोट भएका निस्कलंक व्यक्ति हुन् । उनले अहिलेसम्म महानगरमा आएर धन कमाउने होइन महानगर कसरी राम्रो बनाउने भन्ने मात्र सोचेका छन् । उनी आफू पनि भ्रष्टाचार गर्दैनन र थाहापाएसम्म अरुलाई पनि गर्न दिदैनन् । तर उनीमात्र सज्जन भएर के गर्ने उनका सल्लाहकारका टिम भने बालेनलाई देखाएर आफ्नो स्वार्थ पूर्ति कसरी गर्न सकिन्छ भनि लागेको छ ।’
सल्लाहकार टिमका भुपदेब शाह र विश्वासिला नगर प्रहरी एसएसपी राजु पाण्डेले महानगरभित्रका अपार्टमेण्ट, हाउजिङ, ब्यापारिक कम्प्लेक्सहरुले उनीहरुको माग पूरा नगरे भोलिपल्ट नक्साको मापदण्ड सोधखोज गर्ने गरेको एक व्यवसायीले बताए । दरबारमार्गस्थित रानिमहल रेष्टुरेन्ट र पब डिस्को, गणगौर रेष्टुरेन्टसंगको मामिलाबारे पनि महानगरका कर्मचारीबीच निकै चर्चा छ । त्यहाँ उनीहरुले के कति डिल भयो भनि कर्मचारीले सासै सासमा कुरा गर्दछन तर यो कुरा मेयरलाई भन्ने आँट कुनै कर्मचारीले गर्दैनन ।
बिभिन्न घटनाका पीडितले यी बिषयमा मेयर बालेन शाहसंग गुनासो लिएर भेट्न खोजे पनि भुपदेबले भेट्न नदिएको गुनासो छ । महानगरका कर्मचारीहरुले भने आफूहरुको बारे भुपदेबले मेयरलाई गलत ब्रिफिङ गर्ने गरेको गुनासो गरे । यसै बिषयमा बुझ्न भुपदेब शाहको मोवाईल नं.९८४३६६..०४ मा फोन गर्दा उनले उठाएनन । यसैगरी, सुदिप ढकालले आफ्नो साझेदारीमा चलेका it consultancyबाट महानगरमा के कति काम गरेका छन त्यो काम नियमले पाएकि धम्काएर खोजी गर्नुपर्ने बिषय बनेको छ ।
उता, सन्तोष पाण्डेले भवनको नक्सामा दस्तखत गर्ने गरि कुनै काम गर्दैनन । तर ebps system आफ्नो नियन्त्रणमा राखेर नक्सा सम्बन्धि सबै कामको डिल गर्दछन । उनले महानगरकै कर्मचारीको सामाजिक रुपमा बेइज्जत गर्ने गरेको गुनासो पनि कर्मचारीको छ ।
अर्का सल्लाहकार सुदिप ढकालले आम प्रचलनमा रहेको एउटा कार्यालयको एउटा मोबाइल एप राख्ने र यसलाई सेवा प्रवाहमा प्रयोग गर्ने प्रचलन बिपरित कर्मचारीलाई टुक्राटुक्रा पारि विना प्रतिस्पर्धा खरिद गर्न भन्ने र नमाने कर्मचारीको बेइज्जत गराउने गरेका छन । कम्युटर सफ्टवेयर, सर्भर खरिद, ल्यापटप, ट्याबलगायतका उपकरण सिधा खरिद गर्न लगाउने र स्वयं कर्मचारीले गलत गरे भन्ने उजुरी नियामक निकायमा दिने गरेको गुनासो एक कर्मचारीले सान न्युजसंग गरे ।
क्षेत्रपाटी नि:शुल्क अस्पतालका लागि महानगरको सहयोगमा खरिद गरिने विभिन्न स्वास्थ्य उपकरण खरिदमा सिगापुरमा कमिसन बुझने गरि तय भएको उनीबिरुद्ध उजुर नै परेको बुझिएको छ । सुनिल लम्सालले बिना तलब बालेनलाई सहयोग गरेर भर्खरै बुटवलमा घर किनेको स्रोतले बतायो । फोहोर ठेक्का लगाउन उनी निकै सक्रिय छन । यसमा कमिशन हात पार्ने दाउ होला कि नहोला बुझनेहरु प्रश्न गर्दछन । धिरज जोशि र सस्मित पोखरेल भने महानगरका कर्मचारीलाई अख्तियार, सिआइबिलगायतका निकायमा उजुर हाल्नै ब्यस्त छन । जसले उनीहरुले भनेको मान्दैन उनीहरु विरुद्ध उजुरी दिने गरेको एक कर्मचारीले बताए ।
महानगरमा तलब नखाने गरि नियुक्त भएका कुमार व्यन्जनकार र सुनिल लम्साल प्राय मेयरसँग बिदेश गइरहन्छन । मेयरको खर्च महानगरले व्यहोर्छ, यी दुईको कसले ? हालै पनि दक्षिण अफ्रिकाको भ्रमणमा, अलि अघि कान्स फिलिम फेस्टिबल जादाँको खर्च कस्ले ब्याहोर्यो, यस्ता धेरै प्रश्न महानगरभित्र उठ्ने गरेका छन । यिनै बिषयमा मेयर बालेन साहका प्रेस सल्लाकार सुरेन्द्र बजगाईसंग बुझ्न खोज्दा बजगाईले सल्लाहकारहरु माथि उठेका प्रश्न आधारहिन आरोपमात्र भएको बताए । उनले प्रमाण भएमात्र समाचार लेख्न सुझाब दिदैँ भने प्रमाण बिना नलेख्नु होला । हामीले प्रमाण खोज्दा प्रमाणै नरहने गरि र मेयर साहलाई थाहा नहुने गरि काम गरेको पाइयो । सबै प्रमाण मिडियाले पाउन सम्भव पनि हुँदैन किनकि सरोकारवाला निकाय र मेयर बालेन साहले थाहा नपाउनु भनि प्रमाण नरहने गरि काम भएका छन । महानगरबासीका मात्र होईन सबैका प्रिय मेयर बालेन साहको यसतर्फ समयमै ध्यान पुग्नु पर्दछ ।


















