मकवानपुरको राक्सिराङ गाउँपालिका-७ दुगुवाङ बस्ने ५५ वर्षीय बल बहादुर प्रजाको जंगली च्याउँ खाँदा मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याँउ पकाएर खाँदा बल बहादुर प्रजा समेत एकै परिवारका पाँच जना बिरामी भएका थिए ।
उनीहरु बिरामी भई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन लगिएकोमा बल बहादुरको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । अन्य बिरामीको सोही अस्पतालमा उचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















