राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा रिक्त सचिव पदमा सुरेश अधिकारीलाई नियुक्त गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले अधिकारीलाई सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएकी हुन् ।
अधिकारीलाई सभामुख देवराज घिमिरेले संविधानको धारा १०६ को उपधारा १ बमोजिम नियुक्त गर्न सिफारिस गरेका हुन् । प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० माघ २३ देखि सो पद रिक्त थियो ।



















