२०७९ मंसिर ४ गते प्रतिनिधि सभाको चुनाम सम्पन्न भएको १९ महिना भयो । यो १९ महिनामा नेपालका राजानीति दलहरुले जनताको पक्षमा काम गर्ने भन्दा पनि सरकार बनाउने र गिराउनेमै ब्यस्त रहे । पछिल्लो पटक संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । यो सहमति संगै प्रचण्ड सरकार पुन अल्पमतमा परेको छ ।
२०७९को चुनामा काग्रेससंग गठबन्धन गरेका प्रचण्डले चुनाब पछि सरकार बनाउने बेलामा भने तत्कालीन चुनावी गठबन्धनलाई धोका दिए । काग्रेसलाई धोका दिदै २०७९ पुस १० गते प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग खुमलटार जान्छु भनेर हिँडेका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । माओबादी र एमालेको यो यात्रा दूई महिना पनि टिकेन । फागुनमै प्रचण्ड पुन काग्रेससंग गठबन्धन गर्न गए । काग्रेससंग उनले करिब १३ महिना सहकार्य गरे । तर १३ महिना पछि काग्रेसलाई छोडेर प्रचण्ड पुन एमालेसंग सत्ता गठबन्धन गर्न गए । अहिले पनि यहि गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री छन । एमाले माओबादी गठबन्धनमा अहिलेको सरकार बनेको चार महिना हुदैछ । तर यतिबेला भने एमाले र काग्रेसले बिगतको बदला लिदै आफुहरुले गठबन्धन गरेर माओबादीलाई सरकार बाहिर पार्ने भएका छन ।
अब संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन हुने छ । प्रधानमन्त्री के पी ओली हुने छन । यो सरकारमा अरू कुुन कुन दल सहभागि हुने छन त्यो भने अझै निधो भइसकेको छैन । प्रचण्डले काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका थिए । भन्न त उनले बढो ठुलो काम गरेको जसरी आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने भनेका थिए , तर उथल पुथल सधै प्रचण्डले चाहे जस्तो हुदैन पछिल्लो उथल पुथलले उनलाई किनारामा फाल्ने देखिएको छ । यद्यपी उनले प्रधानमन्त्रीबाट राजीनामा नदिने र बिश्वासको मत लिने बताएका छन । यदि उनले भने जस्तै रातारा कुनै ठुलै उथलपुथल भए बाहेक अब माओवादी केन्द्र र प्रचण्डको यात्रा सहज छैन । तै पनि प्रमुख प्रतिपक्ष को हैसियतमा भने उ ररिरहने छ ।

















