चौसट्ठी ज्योतिर्लिँगको अर्को यात्रा

चौसट्ठी ज्योतिर्लिँगको दर्शनका क्रममा हाम्रो यात्रा यही बसार १६ गते आइतबार भक्तपुरक्षेत्रमा पुगेको छ । काठमाडौँबाट करिव २५ कि मि पूर्व नगरकोटको महादेव पोखरी जानु अघि हाम्रो यात्रा चम्पक नारायण मन्दिर परिसर किलेश्वर शिव मन्दिर पुगेको हो । चाँगुनारायण मन्दिरक्षेत्रमा किलेश्वर लगायत छिन्नमस्ता देवी र चाँगु नारयणको विशाल र्मूिर्त र मन्दिर रहेको छ ।

नगरकोट शिखर दक्षिणतिर ब्रह्माजी निर्मित रत्न ह्रद छ भने त्यहाँ गोसाइँकुण्ड कुवा पनि रहेको छ, यहाँका शिवलिंगको नाम रत्नचुडेश्वर हो भने यहाँको दर्शन गर्नाले पापी पनि पापबाट मुक्ति पाउँछ । शिव आराधनाको क्रममा ब्रह्माजी यहाँ आएर पोखरीका बीचमा रत्नमय शिवलिंग स्थापना गरी आराधना भयो । सो दहबाट नौ धारा बग्यो, हरेक श्रावण पूर्णिमा भनौँ जनै पूर्णिमामा यहाँ मेला लाग्छ । हिमवत्खण्डका अनुसार पछि पिशाच नामको एक ब्राह्मणले यहाँ विशेष तप गरेकाले उसको पिशाच प्रवृत्ति नाश भएको थियो । भूmठको सहारा लिने, बस्त्र पनि धेरै मैला लगाउने, स्नान सन्ध्याबाट वन्चित, पिशाच ब्राह्मण सर्वभक्षी हुँदा ऊ घर परिबारबाट पनि खेदियो । धेरै समस्या पाएको उसले एक ब्रह्मचारी भेट्यो र आफ्नो संकटमोचनको चाहना राख्दा यहाँ आएर तप गर्नु पर्ने उपदेश पाएर उसले तप गरी आफ्नो संकट टारेको थियो । कथं मोक्षमि तातेति एतत् कलेवरं मम भनी सोधनी गर्दा आषाढ पूर्णिमाका दिन पूर्वाषाढा नक्षत्रयुक्त समयमा विशेष स्नान, तप गर्न उसलाई भनिएको थियो । ने मुनिले विरुपाक्षलाई भने कृष्ण चतुर्दशीमा यहाँको दर्शन गराई उनको पापमोचन गराइएको थियो । हाल यहाँको शिवलिंग अदृश्य छ र बाहिरतिर रहेको, पछि निर्मित शिवलिंगमा हामीले रुद्राभिषेक, दर्शन गरेका हौँ, कुण्डमा भने धेरै माछाहरु खेल्दै थिए ।
यो शिवलिंगको दर्शनपछि हाम्रो समुह केही तल भागमा रहेको वागीश्वर सिद्धलिंग तर्फ हान्नियो । भक्तपुरको वागेश्वरीमा रहेको यो शिवलिँगको दर्शन पूर्व हामीले विभिन्न अन्य देव देवी, हिटीहरुको दर्शन श्पर्शन पनि गरेका थियौँ । अघि श्रवण नक्षत्रयुक्त श्रावण पूर्णिमाका दिन यहाँको वीर नदीमा आएर एक वाक् नामक ब्रह्मणले शिवलिंग स्थापना गरेका थिए । यो शिवलिंगमा आफु रहने भनी श्रीशिवले भनेपछि १० वर्षपछि ती वाक् नामक ब्राह्मणले देह त्याग गरे । यहाँ ज्येष्ठ कृष्ण औँसीका दिन ने मुनिले विरुपाक्षलाई दर्शन गरापछि कलिमा यसको महत्व झन् बढेको हो । नजिकै वाल्मीकेश्वर शिव लिंग पनि रहेको सन्दर्भमा हामीले त्यहाँको पनि दर्शन गरेका हौँ तर ६४ ज्योतिर्लिग वाल्मीकेश्वर भने भक्तपुर सहर पूर्वको हनुमानघाटमा रहेको छ ।

त्यसपछि तेलकोटमा केही हल्का प्रसाद लिएर हामी भक्तपुर सहरभित्र रहेको दत्तात्रय मन्दिर पुग्यौँ । ऐतिहासिक दत्तात्रयको दर्शन पछि न्यातपोल हुँदै सो मन्दिरको दक्षिण र केही पश्चिम भागमा रहेको सानो गुम्बज मन्दिर र परिसरमा एक कुण्डको अवलोकन गरेका हौँ । यहाँको शिवलिंगको नाम मंगलेश्वर हो र यो क्रम संख्यामा ३९ औँ हो, त्यति चर्चामा नआएको यो शिवलिंग खोज्न हामीलाई केही समस्या पनि परेको र अघि आपूm संलग्न भए पनि बिर्सेको सन्दर्भमा ललितपुर सानेपाका मुरारि सुवेदीसंग फोन सम्पर्क गरी हामी पैदल केही हैरानी पनि भोग्दै त्यहाँ पुग्यौँ, न्यातपोल नपु्ग्दै हाम्रो समूहलाई स्थानीय एक मित्र, लेखक इन्दुल केसीले साथ दिएका थिए भने यिनले हामीलाई मंगलेश्वर बारे थप जानकारी पनि दिएका थिए ।

भक्तपुरको नासमना अर्थात् उल्लाछे टोलमा कुनै मंगल नामक मुनि रहेका र उनले नै त्यहाँको शिवलिंग स्थापना गराएको प्रसंग स्कन्द पुराणमा उल्लेख छ । अघि ऊध्र्वकेश भन्ने एक म्लेच्छले चाँपको रुख चढी पूmल टिपेर कृष्ण चतुर्दशीका दिन शिवलाई चढाएको रहेछ, भाद्रकृष्ण चतुर्दशीमा उसले देह त्याग गरेछ । चैत्र शुक्ल पन्चमीका दिन ने मुनिले विरपाक्षलाई त्यहाँ दर्शन गराएपछि त्यहाँको विशेष चर्चा हुन थालेको हो ।

त्यसपछि हाम्रो यात्रा पूर्वतर्फ सहरको हनुमानघाट तर्फ हान्नियो । ३८ औँ वाल्मीकेश्वर रहेका सो क्षेत्र लाई वीर तीर्थ भनिन्छ । भद्राचल पर्वतबाट नि:सृत नदी भद्रा नदी हुन् र वीरभद्र महादेवको अँगबाट निस्केकी वीर नदी दुईको संगम हनुमानघाट हो । यहाँ हनुमानजीको मूर्ति छ । हनुमान आएर नित्य स्नान गरिने हुँदा हनुमानघाट भनिएको हो । अघि संस्कृत महकवि वाल्मीकिले यहाँ स्नान र शिव लिंगको पूजा गरेकाले वाल्मीकेश्वरको नामले प्रसिद्धि पाएको हो । यिनै लिंगको आराधना गरेकाले हनुमानले रामायणमा आफ्नो शक्ति देखाउन सकेका हुन् । अघि कुनै एक म्लेच्छ पत्नी दुर्मुखी थिई । उसका धेरै सन्तान भएकाले अबला एक सन्तानलाई यहीँ छोडेर गई । अर्को एक म्लेच्छले आफ्नो सन्तानका रुपमा पालन पोषण गर्यो । त्यही बालक वयस्क भएपछि यहाँ आएर हनुमानको दर्शन गर्यो, उसलाई महाज्ञान प्राप्त भयो । केही समयपछि मरेको ऊ, अर्को जन्ममा विश्वकेतु नामको राजा भयो, तर राज्यच्यूत भएपछि विरक्तिएर तीर्थाटनको क्रममा यहाँ आई शिवलिंगको पूजा आराधना गरेकाले उसको जविन धन्य बन्यो । ने मुनिले विरुपाक्षलाई यहाँको दर्शन चैत्र शुक्ल तृतीयामा गराएका हुन् । यसपछि हाम्रो यात्रा सिपाडोलतिर हान्नियो, जहाँ विमलेश्वर शिवलिंग स्थानीय शब्दमा डोलेश्वर भन्ने गरिन्छ, त्यहाँ पुग्दा हाँडीले घोप्ट्याए झै ठूलो वर्षा भयो, केहीबेर हामी अन्यमनस्क भयौँ ।

आम पाठकवृन्दमा नमन, हामी यस्तै यस्तै काममा लामो समयदेखि लागिरहेका छौँ, अन्यान्य तीर्थ र खासगरी ६४ ज्योतिर्लिँगको उजागर हुन बाँकी नै छ, हाम्रै देशमा धेरै मठ मन्दिर छन् । विश्व हिन्दु महासंघ राष्टिृय समितिले यस्ता काममा प्रश्रय दिएको छ, यसका लागि यहाँहरुले पंक्तिकारलाई बा फेसबुक पेजमा गएर रेखा अर्याललाई सम्पर्क गर्न सक्नु हुनेछ । नेपालका १० जिल्लामा यस्ता ज्योतिर्लिँगहरु रहेका छन् । यही १६ गते हामीले भक्तपुर् चाँगु, नगरकोट, बागेश्वरी, हनुमानघाट, सिपाडोल, गुण्डु र तर्खागालको भ्रमण गराउने क्रममा रह्यौँ । नेपालकै ४ धामको अवधारण लिएर पंक्तिकारले धार्मिक अभियान सन्चालन गरिरहेको छ ।