इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई विश्वव्यापी समुन्द्रि नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बताएको छ ।
स्वयंसेवकहरू टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख गर्दै चाँडै नै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको इन्डोनेशियाको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत पुष्टि गरेको सुगियोनोले जनाएको छ । सुगियोनोका अनुसार इन्डोनेसियालीहरूको रिहाइ र स्वदेश फिर्ता प्रक्रिया इन्डोनेसियाली सरकारले गरेको गहन तथा कूटनीतिक प्रयास र घनिष्ठ समन्वयको माध्यमबाट सुरक्षित रुपमा सम्भव भएको थियो ।
उनले पुनरागमन प्रक्रियालाई सहज बनाउन सक्रिय भूमिका र समर्थनका लागि टर्की सरकारको प्रशंसासमेत गरेको छ । यसै बीच स्वयंसेवकहरूले उनीहरूको नजरबन्दको समयमा अनुभव गरेको अमानवीय व्यवहारहरुको वर्णन गरे पछि सुगियोनोले इन्डोनेसियाको निन्दा गरेको छ ।
उनले यस्तो व्यवहारले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको बताउदै उहाँले इन्डोनेसियाली सरकारले सबै इन्डोनेसियाली नागरिकहरूको सुरक्षित फिर्तीको निगरानी र सुनिश्चित गर्न आवाश्यक प्रक्रिया जारी राख्नु पर्ने कुरामा जोड दिएको छ ।


















