कांग्रेसले बनायो मन्त्रीहरु चयन गर्ने मापदण्ड 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड बनाएको छ । काग्रेसको आज बसेको बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने मापदण्ड बनाएको पार्टीका एक नेताले सानन्युजलाई बताए ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबिच २०८१ साल असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भएको थियो ।