नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार समेत रहेका ट्रम्पमाथि अमेरिकाको पेन्सिल्वेनियामा भएको एक चुनावी र्यालीमा गोली प्रहार भएको हो ।
पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ ।
गोली प्रहारमा संग्लग्नको आशङ्का गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी


















