एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौँ । नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छन् । आगामी दिनमा मिलेर जानेबारे साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरू छलफलमा जुटेका हुन् । एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा भएको जनाइएको छ । प्रचण्ड नेतृत्वको सरकार शुक्रबार ढलेर ओलीको नेतृत्वमा आइतबार नयाँ गठन भएको थियो ।