परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपाल-भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
त्यसक्रममा नेपाल-भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा.राणाको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिदैँ कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । परराष्ट्रमन्त्री डा.राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गरेकी हुन् ।


















