घरबाट विभिन्न गरगहना चोरी

बिराटनगर महानगरपालिका-१४ गौशाला चोक बस्ने भास्कर झाको घरबाट सुनको लकेट, मन्टिका, सिक्री, औंठी गरी साढे ५ तोला र चाँदीको पाउजु, खुट्टाको औलामा लगाउने औंठी गरी करिब ८ लाख ३० हजार रूपैयाँ बराबरको गरहगना मंगलबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।