मृत अवस्थामा चार जना फेला

विभिन्न ठाउँमा गरी चार जना मृत फेला परेका छन् । नवलपरासी पूर्व,अछाम र कैलालीमा गरी चार जना मंगलबार मृत फेला परेका हुन् ।

नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१२ तमासपुरस्थित नारायणी नदी किनारमा परिचय नखुलेकी करिब ४० वर्षीया महिला र गैंडाकोट नगरपालिका-१० खरखरेस्थित नारायणी नदीको किनारमा परिचय नखुलेका करिब ४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै, अछामको साँफेबगर नगरपालिका-१४ नरिसरा ठुलो ढुङ्गास्थित खप्तड राष्ट्रिय निकुञ्जको जंगलमा हाल परिचय नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, कैलालीको गोदावरी नगरपालिका-२ बसपार्क रिङरोड जाने बाटो नजिकै डडेल्धुरा अमरगढी नगरपालिका-७ बस्ने ५२ वर्षीय दत्त राज भट्टराई मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार घटना सम्बन्धि आवश्यक अनुसन्धान भइरहेको छ ।