नेपाली कांग्रेसका सांसद विनोद चौधरीले रास्वपाका सभापति रवि लामिछानेलाई राजनीतिक ‘स्टन्ट’ बन्द गर्न आग्रह गरेका छन् ।चौधरीले आज सामाजिक संजालमार्फत एक पोष्ट राख्दै लामिछानेलाई यस्तो आग्रह गरेका हुन् । हिजो बसेको प्रतिनिधि सभाको बैठकमा लामिछानेले अनुसन्धानमा रहेका व्यक्ति बालकोटमा गएर गीत गाएको भन्दै चौधरीको आलोचना गरेका थिए ।
चौधरीले लेखेका छन्, ‘विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरू केही होइन,’ ।



















