मृत अवस्थामा चार जना फेला

विभिन्न ठाउँमा गरी चार जना मृत फेला परेका छन् । रुपन्देही,पर्सा,रसुवा र उदयपुरमा गरी चार जना आइतबार मृत फेला परेका हुन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-८ सुखानगर बस्ने बाग्लुङ बरेङ गाउँपालिका-३ घट्टे घर भएका ४० वर्षीय भोज बहादुर खत्री तिलोत्तमा नगरपालिका-४ सिमानगरस्थित बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै,पर्साको वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ३० वर्षीय मंसुद मिया बहुदरमाई नगरपालिका र वीरगंज महानगरपालिका-२७ को सिमामा बग्ने तिलावे खोलाको छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै,रसुवाको नौकुण्ड गाउँपालिका-३ पाटीखर्क बस्ने २४ वर्षीया मानकुमारी तामाङ सोही नगरपालिका-४ दनसौरास्थित पहिरो गएको स्थानमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । असार ३१ गते घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।त्यस्तै,उदयपुरको रौतामाइ गाउँपालिका-८ पावु बस्ने ७२ वर्षीय धमान सिंह पाचे मगर सोही गाउँपालिका-८ स्थित हुल्मा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।प्रहरीका अनुसार घटना सम्बन्धि आवश्यक अनुसन्धान भइरहेको छ ।