दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल, घटनास्थलमा २ जनाको शव फेला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताएको छ।

सार्य एयरलाइन्सको जहाजमा सवार दुई जनाको शव फेला परेको छ । उद्धारकर्ताहरुले २ जनाको शव घटनास्थलमा फेला परेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो। जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन।