कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको निधन

कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको ५९ वर्षीको उमेरमा बिहीबार राति वीर अस्पतालमा निधन भएको छ। सो जानाकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले दिनु भएको हो ।नकर्मी २०७९को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई कीर्तिपुर नगरपालिकाको मेयर निर्वाचित हुनु भएको थियो । दुई वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँको केही समयअघि भारतमा समेत उपचार गरिएको थियो ।उनलाई गत साउन २ गते वीर अस्पताल भर्ना गरिएको थियो।मेयर नकर्मीको निधनमा शुक्रबार नगरपालिकाभर शोक बिदा दिइएको छ ।नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन्।