सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ – सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताए ।
सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सञ्चारमन्त्री गुरुङले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए ।

उनले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए । उनले नियमन, स्वनियमन, संवद्र्धन, प्रवद्र्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताए ।

वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पारे ।