केरलाको वायनाडमा पहिरो : मृतको संख्या १५६ पुग्यो, सय जना बेपत्ता

भारतको केरला राज्यको वायनाड जिल्लामा मङ्गलवार मध्यराति सारा गाउँ सुतेको समयमा झन्डै २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँ ४ घण्टामै ध्वस्त भयो । घरहरू पुरिए, सयौँ मानिस पहिरोमा बेपत्ता भए । अहिलेसम्म पहिरोमा परि मृत्यु हुनेको संख्या १५६ पुगेको छ ।

पहिरोमा परि घाइते भएका १८० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाडका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ । पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।