करेन्ट लागेर एक जनाको मृत्यु

कलैया उपमहानगरपालिका-१४ जितपुरका ५५ वर्षीय शम्भु चौधरीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।सोही ठाउँस्थित बिजुलीको पोलमा चढी बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको एनएमसि अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।