मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज ४ बजेका लागि आह्वान गरिएको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले विश्वासको मत पाउने सम्भावना भने छैन

मुख्यमन्त्री निकट स्रोतका अनुसार उनी विश्वासको मत लिन प्रदेश सभा बैठकमा उपस्थित भएर सम्बोधन गरेर राजीनामा दिने तयारीमा छन् ।