डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु गएको छ । घटनामा संलग्न दुई जना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका-६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित गएराती नै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धान खेतमा लुकेर रहेको अवस्थामा घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरीलेजनाएो छ ।

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका-८ डाडाँगाउँ बस्ने वर्ष ३३ का रामबहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ का दिल्ली साउद रहेका छन्।