क्यानका पदाधिकारी र प्रधानमन्त्रीबीच भेटवार्ता

नेपाल क्रिकेट संघ ९क्यान०का पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शनिबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीले ओलीलाई भेटेका हुन् । भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत सहभागी थिए ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै सामाजिक सञ्जालमा ‘एउटा गतिलो रंगशाला बनाउनु पर्यो’ भन्ने सुझाव सबैभन्दा धेरै आएको र सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने भएको स्मरण गरेका छन् ।