प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा प्रधामन्त्री ओलीले प्रधानता पाएका छन् । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गरेको हो ।
शनिबार उनले काठमाडौंको एक स्टुडियोमा स्वरांकन गरेका थिए ।पोस्टरमा सम्माननीय प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड सर्भाइभरहरुलाई पनि देख्न सकिन्छ । सत्य घटनामा आधारित रहेको भनिएको यो फिल्ममा वास्तविक एसिड आक्रमणको घटनाका पीडितले समेत अभिनय गरेका छन् ।फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि अतिथि भूमिका छ । यो फिल्म एसिड सर्भाइभरको वास्तविक जीवनीमा आधारित छ ।
आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ ।फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ । फिल्म भदौ ७ गते प्रदर्शनमा आउने छ ।















