कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी अन्तिम चरणमा रहेको बताएका छन् । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सोङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्नको लागि कानुनी प्रक्रियाहरू पुरा गर्ने अन्तिम चरणमा रहेको बताएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीन सरकारको तर्फबाट कृषि तथा ग्रामीण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयन गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।



















