सुर्खेतका लागि उडान भरेको जहाज पुन: काठमाडौँ नै फिर्ता

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुन: काठमाडौं फर्काइएको छ ।

यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुन: काठमाडौं फर्किएको हो । आज बिहान बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।