आज पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
शुक्रबारदेखि जारी बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।


















