बेल्जियम । विश्व आदिवासी दिवस बेल्जियमको लुभेन शहरमा अन्तरक्रिया कार्यक्रम गरी विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
३०औँ विश्व आदिवासी दिवस अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली दूताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरेले विश्व आदिबासी दिवसको बारेमा शुभकामना व्यक्त गरेका थिए । उनले आदिबासीहरुको भावनालाई सम्मान गर्दै उनीहरुको संस्कार संस्कृतिलाई सम्मान र पहिचान गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रमुख अतिथि गैरेले कार्यक्रमको उद्घाटन गर्दै संयुक्त राष्ट्र संघले बिश्वभरका आदिबासीहरूको कला, सस्कृति, भाषा, धर्मको संरक्षण र प्रबद्र्धन गर्दै जानु पर्ने निर्देशन भएकोले सबैले पालना गर्दै आएको बताए ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटाले ३० बर्ष अघि जेनेभा कन्भेन्सनले प्रदत्त गरेको आदिबासी हक हित र अधिकार प्राप्तिकालागि नेपालको सन्दर्भमा सरकारलाई सजग बनाइ रहनुपर्ने बताइन् । साथै आदिबासीहरु पनि आफ्नो हक अधिकारप्रति कानुनमा के के छ भनेर स्यंम सुुसूचित हुनु पर्नेमा ध्यानाकर्षण गराईन् ।

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरभान घर्तिमगरले आदिवासीबारे संयुक्त राष्ट्र महासंघको अभिसन्न्धी आईएलओ १६९ र संयुक्त राष्ट्र संघको आदिबासी घोषणााापत्र २००७ को अक्षरश पालना गर्न सरकारलाई जोडदार माग गरे । साथै उनले कार्यक्रममा बोल्दै आदिबासी जनजातिहरुले कानुनले दिएका अधिकारहरुलाई प्रत्याभूति गर्न पाउनु पर्ने र आफ्ना हकअधिकार के के हुन् भनेर स्यम समुदायले पनि चाँसो राख्नु पर्नेमा बताए । आदिबासीका मौलिक भाषा, धर्म संस्कृति र परम्परालाई विश्वसामु पुराउन आम विश्वभरका आदिबासी जनजातिहरु एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखे ।

कार्यक्रममा जातिय मातृसंस्थाहरूको तर्फबाटअध्यक्षहरू होम गुरुङ , लोक राना, बदन योंगहांग, अनिता लामा, सूर्य नारायण श्रेष्ठले समेत विश्व आदिबासी दिवसको बारेमा आ -आफ्ना धारणा राखेका थिए । उनीहरुले पनि आदिबासीहरुको हक अधिकारलाई सुनिश्चित गर्न विश्वभरका आदिबासीहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संघिय समाज बेल्जियमका नेत्र मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, जन सम्पर्क समितिका गुरुङ, जन प्रगतिशील मन्चका महासचिव कल्पना मगर, प्रवासी नेपाली मन्चका सूर्य श्रेष्ठ, मगर संघका पूर्व अध्यक्ष मार्के मगर, तमु समाजका पूर्व अध्यक्षहरू ओमराज गुरुङ, संगिता तमुस्यो, किराचु महासचिव कला इधिंगो, तमु समाज निःवर्तमान महासचिव सूर्य बहादुर गुरुङ लगायतले विश्व आदिबासी दिवसको बारेमा आ -आफ्ना मन्तब्य राखेका थिए ।
नेपाल आदिबासी जनजाति महासॅघ बेल्जियमको आयोजनामा भएको ३० औँ अन्तराष्ट्रिय आदिबासी दिवस कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष विरभान घर्ति मगरले गर्नु भएको हो । त्यसैगरी कार्यक्रम सञ्चालन रबिन राई र स्वागत सूर्य श्रेष्ठले गरेका हुन् ।
कार्यक्रम सहआयोजक मातृसंस्थाहरू बिश्व मगर संघ बेल्जियम, तमु समाज बेल्जियम, पाशापुच बेल्जियम, तमाङ समाज बेल्जियम, शेर्पा किदुक बेल्जियम, किराँत राई सोसाईटी बेल्जियम, किराँत याक्थुम चुम्लुंग बेल्जियम र थकाली सेवा समिति रहेका थिए ।
महासंघले कार्यक्रम सफल बनाउन अहोरात्र अटिरहने प्रायोजकहरू नेत्र मगर, याम छन्त्याल, कल्पना मगर, लोक राना, बालकुमार सुब्बा लगायतलाई विशेष धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसरी नै संघसंगठनको कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्न समेत महासंघले अपिल गरेको छ ।
















