काठमाडौं, ३१ साउन काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम ७६ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ ट्याब्लेट सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर च्यासल बस्ने २७ वर्षीय रफिस अवाले, काभ्रे नमोबुद्ध नगरपालिका(२ घर भई ललितपुर पाटन बस्ने १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका ५ घर भई ललितपुर इमाडोल बस्ने २१ वर्षीय रेमन राई, मोरङ बेलबारी नगरपालिका ९ घर भई काठमाडौं कालोपुल बस्ने ३३ वर्षीय अमित कुमार चौधरी, मोरङ बेलबारी नगरपालिका ४ घर भई ललितपुर ग्वार्को बस्ने ३६ वर्षीय प्रमोद राई, पाँचथर मिक्लाजुङ गाउँपालिका ४ घर भएका २८ वर्षीय मेहरमान भुजेल, पाँचथर फिदिम नगरपालिका १ घर भएका २७ वर्षीया टिम्पल तामाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ घर भएका २९ वर्षीय भिम कुमार चेमजोङ रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको मोटरसाइकल १ थान, स्कुटर १ थान, नगद ५५ हजार २ सय रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल १४ थान, आइप्याड १ थान, तौल गर्ने डिजिटल मेसिन २ थान समेत प्रहरीले बरामद गरेको छ । सुनसरी, इटहरी उपमहानगरपालिका १६ सिर्जनसिल टोल बस्ने २८ वर्षीय महेन्द्र बन्जरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल पकलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका १५ जमुना चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित कैलाली टीकापुर नगरपालिका ४ बस्ने १८ वर्षीय किशोर र बर्दगोरिया गाउँपालिका १ बौनिया बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागू औषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रुपैडिहाबाट नेपालगंज आउँदै उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, जहदा गाउँपालिका(१ धुनीटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित जहदा गाउँपालिका १ बस्ने २६ वर्षीय अमित मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुद्धनगरबाट खटिएको प्रहरीले प्र।१,०४,००१ प ९८०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

















