अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एक जना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता भएको बताइएको छ ।
उनीविरुद्धको उजुरीअनुसार उनले लगेका दुई सहयोगीमध्ये एक जना मात्र स्वदेश फर्किएको पाइएको छ । उनलाई इजरायलबाट फिर्ता गर्ने समयमा एमाले र माओवादी केन्द्रको सरकार रहेको थियो ।


















