काठमाडौं । क्रियाशील पत्रकारहरुको साझा मोेर्चाका तर्फबाट नेपाल पत्रकार महासंघसँग सूचना उपलब्ध गराउन क्रियाशील पत्रकारहरुले माग गरेका छन् ।
आइतबार मोेर्चाका तर्फबाट संयोजक योगेन्द्र प्रताप शाही, प्रवीण कुमार चौधरी, विदुर ढुंगेल, योगेश खपाङ्गी, राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराइली, लोकतान्त्रिक छापा माध्यमका दामोदर प्रसाद दवाडी र नेपाली सञ्चार क्षेत्रका अभियन्ता देवीप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघसँग विभिन्न विवरण, तथ्याङ्क र सूचना माग गरेका हुन् ।
पत्रकार महासंघमा क्रियाशील पत्रकारहरुले बुझाएको माग पत्रको दर्ता नं. १५ रहेको छ । मोर्चाले माग गरेको सूचना अन्तरर्गत सूचना नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार भएको जनाएको छ । सूचना माग गरेका क्रियाशील पत्रकारहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले धारणा बुझाएको भनि दर्ता गरेको छ भने महासंघमा बुझाइएको सो सूचना मागको पत्रको बोधार्थ संचार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबारै ८३६ नम्वरमा दर्ता भएको छ । साथै गृह मन्त्रालयमा दर्ता गरिएको पत्रको दर्ता नं १४७६ रहेको छ ।
त्यस्तै सूचना माग गरिएको सो पत्रको वोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नम्वर २० मा दर्ता गरिएको छ । राष्ट्रिय सूचना आयोगकामा वोद्यार्थ पठाइएको छ भने सूचनाका लागि राष्ट्रिय महासंघलाई पनि सूचना माग गरिएको विषय वोद्यार्थ पठाइएको छ ।
क्रियाशील पत्रकारहरुले महासंघसँगको गत २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको बैठकमा भएका सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि, महासंघको सुर्खेत साधारणसभाले गठन गरेको सदस्यता शुद्धिकरण समितिले सदस्यता नवीकरण तथा वितरण सम्बन्धमा गरेका सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट)को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशनमा गरेका सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि माग गरेका छन् ।
त्यस्तै, महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशन देखि हालसम्म गरेका सबै निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने सम्बन्धमा बनाएका मापदण्ड सहित त्यस सम्बन्धमा गरिएको सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि माग गरिएको छ ।



















