राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा बौद्धिक ब्यक्तित्व टोप अस्लामी मगरलाई मातृशोक परेको छ । अस्लामीका आमा बशन्ती देबी अस्लामी थापाको ७७ बर्षको उमेरमा तानसेन स्थित मिशन अस्पातलमा निधन भएको हो । सोमबार बेलुका ६ बजे तिर निधन भएको चिकित्सकहरुले जानकारी गराएका थिए ।
लामो समय देखी श्वासप्रश्वास सम्बन्धित (दमको) रोगबाट ग्रसित हुनु भएका आमाको बिभिन्न ठाउँमा उपचार गराउदै आएको महासचिव अस्लामीले बताएका थिए । स्वास्थ्यमा सुधार आए पछी केही समयअगाडि देखि तानसेन-१० तेल्घा आफ्नै निवासमा कान्छा छोरा प्रकाश अस्लामी संग बस्दै आएका थिए। २००४ साउन १२ गते जन्मिएकी बशन्ती अस्लामी थापाले समाजमा रहेका सबैखाले बेथितिको बिरुद्ध लड्न सधैं उत्प्रेरणा दिदै आउनु भएको थियो ।



















