काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोईरालाले यस्तो बताएका हुन् ।
नेता कोईरालाले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताए । उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे ।
नेता कोईरालाले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताए। उनले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गर्राए ।
नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताए ।

















