वीरगंज महानगरपालिका-१४ स्थित सडकमा परवानीपुरबाट वीरगंजतर्फ जाँदै गरेको बाग्मती प्र.०३-००१ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम,थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको
हो ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















