काठमाडौं, ६ भदौ
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका(१० बसपार्कस्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका(१ घर भएकी ३९ वर्षीया संगिता कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका(११ बस्ने २४ वर्षीय निलजङ बस्नेत र मोरङ उर्लाबारी नगरपालिका(२ बस्ने २४ वर्षीय खुमराज भण्डारी रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका(६ चम्मन चौराहस्थित गोकुलेश्वर मस्म सेन्टरका संचालक सोही नगरपालिका(१८ निम्बुखेडा घर भएका ४४ वर्षीय मदन नाथलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । ब्
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















