पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी(मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । आँबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६:३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो । राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको प्रहरीले जनाएको छ ।


















