बुधबार अपराह्न ३ बजेका लागि तय भएक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी सार्ने निर्णय भएको छ।महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्तावका र विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावका कतिपय विषयमा सहमति जुटाउनुपर्ने देखिएकोले बैठक सारिएको नेताहरूको भनाइ छ। आज बूढानीलकण्ठमा पनि सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच प्रस्तावका कतिपय विषयमा केन्द्रित रहेर छलफल गरेका थिए।




















