नेपाली फिल्म ‘एक्लो’ को आज बिहान काठमाडौंको भद्रकाली मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । जहाँ फिल्मका शीर्ष कलाकारहरू विजय लामा, सुनील थापा, दिनेश डीसी, दीया पुन, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, बेलायती अभिनेता जेमी बेकम लगायतको उपस्थित रहेको थियो । मुहूर्तपश्चात सञ्चारकर्मीसँगको कुराकानीमा निर्देशक प्रदीप शाहीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने फिल्म बनाउन लागेको जिकिर गरेका छन् । फिल्मको छायांकन भोलिदेखि सुरू हुँदैछ । ४५ दिनको समय तालिकामा काठमाडौं र मुस्ताङमा छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ ।
फिल्ममा प्रदीप खड्का, दीया पुन , बेनिशा हमाल, दिनेश डिसी, कबिता नेपाली, एवनराज उप्रेती, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, बिनोद कुमार सुवेदी क्षीतिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सबिक सिंहसहित बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ ।
फिल्मको निर्माता राजु कुमार गुरूङ, हरि श्रेष्ठ, बिष्णु तामाङ, उत्सब बिष्ट, भाइराजा थापा, नबिन शिवा, बागवीर पुन हुन भने कार्यकारी निर्माता बिनोद कुमार सुवेदी क्षीतिज छन्। फिल्मको छायाँकारमा बाबु श्रेष्ठ छन् । फिल्मलाई सन २०२५ मा प्रदर्शनमा ल्याइने जनाइएको छ ।



















