काठमाडौंका नदी किनारका दुबैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने बिषयमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले बिच मतभेद

१८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले बिच मत बाझिएको छ । काठमाडौंका नदी किनारका दुबैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर उपमेयर डंगोल र मेयर बालेन शाह बिच मत बाझिएको हो । सर्वोच्चले हालै मात्र नदी किनारको दुबैतर्फ थप २०,२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगतै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ । नेकपा एमालले यसको बिरोध गरेको छ । कार्यपालिकाको मंगलबार बसेको बैठकमा वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले सूचना निकाल्न हतार गरेको भन्दै मेयरमाथि प्रश्न गरेका थिए
यसै बिषयमा उपमेयर डंगोलले पनि मेयरमाथि प्रश्न उठाइन् । अदालतको फैसला पालना गर्नु सबैको दायित्व भएको उनले बताइन् । तर अदालतलको फैसला कसरी कार्यान्वयन गर्छौं भन्ने पनि महत्वपूर्ण हुने उनले बताइन् ।महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको भन्दै उनले भनिन्, यो सबै जनाको निर्णय हो कि होइन रु’जनता वडा र महानगरमा आउन थालिसकेको उनले बताइन् । २९ साउनमा महानगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने भनेको थियो । उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो ।