सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ । श्री एयरलाइनसको श १२१ विमानमा तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।