किन आए अमेरिकी सेनामा गुप्तचर बिभाग हेर्ने मेजर जनरल नेपालको गोप्य भ्रमणमा ।

काठमाडौं । बिश्वकै शक्तिशाली राष्ट अमेरिकाले पछिल्लो समय दक्षिण एसियामा बिगतमा भन्दा बिशेष चाँसो बढाएको छ । बंगलादेशको शेख हसिना सरकार गिराउन अमेरिकाले भूमिका खेलेको हसिना आफैले भनेकी थिइन । अमेरिकी चाँसो बंगलादेशपछि नेपालमा रहेको र उसले भित्रभित्रै सक्रियता बढाएको कुटनीतिक क्षेत्रमा चाँसो राख्नेहरुले बताउने गरेका छन् । सोही क्रममा अमेरिकी सेनाका दुई तारे जर्नेलले केही भदौ पहिलो साता नेपालको गोप्य भ्रमण गरेर फर्किएको स्रोतले बतायो । अमेरिकी सेनामा गुप्तचर बिभाग हेर्ने मेजर जनरल केथ सी फिलिप्सको नेतृत्वमा अमेरिकी सेनाको टोली नेपाल भ्रमण गरेर फर्किएको स्रोतको दाबी
छ । टोलीले नेपालमा रहँदा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र नेपाली सेनाका उच्च अधिकारीसँग भेट गरेको थियो । यद्यपी नेपाली सेनाले अमेरिकी सैन्य टोली नेपाल आएको आफूहरुलाई थाहा नभएको बताएको छ । सिंगापुर एयरलाईन्स बाट काठमाडौं आएको सो टोलीमा चार जना रहेका थिए । नेपालमा रहँदा अमेरिकी सैन्य टोली काठमाडौं नक्सालको होटल म्यारिटयटमा बसेको थियो । टोलीले सबै जसो भेटघाट पनि सोही होटलमा गरेको थियो । अमेरिकी सैन्य टोली भदौ दोस्रो साता कतार एयरलाईन्सको बिमानबाट दोहा हुदै अमेरिका फर्किएको थियो ।
नेपालमा यस अघि पनि अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी), विश्व ब्यांक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एसपिपि जस्ता निकायका र परियोजना मार्फत आफनो सक्रिया बढाई रहेको छ । अमेरिकाले उदयमान शक्ति चीन र भारतलाई नजिकबाट नियाल्न नेपालमा आफ्नो नजर बढाएको पनि अनुमान गरिदै छ ।