टेण्डर गर्नु पर्ने काम कोटेशनमा दिएर भ्रष्टचार

काठमाडौंका मेयर बालेन शाह आफूले भ्रष्टचार गर्दैनन तर उनले वडाहरुले गरेका भ्रष्टचार रोक्न सकेको पनि देखिदैन । यसको ज्वलन्त उदाहरण काठमाडौं बडा नं. १० ले गरेको सार्वजनिक निर्माण कार्यमा भएको घोटला हो ।

काठमाडौं महानगरपालिका वडा नं. १०ले आर्थिक बर्ष २०७९गरेका निर्माण कार्यहरु सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ बिपरित गरेको पाइएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ अनुसार सार्वजनिक खरिद र सार्वजनिक स्थलको निर्माण गर्दा २०लाख रुपैयाँ सम्मको निर्माण शिलबन्दी दरभाउ गरेर गर्नु पर्ने व्यवस्था छ । तर वडा नं १०ले २८ स्थानमा निर्माण कार्य गर्दा यसको बिपरित कोटेशनबाट काम गरेको छ ।

कामहरुलाई टुक्रापारी १० लाख भन्दा कमको लागत अनुमान गराउने र त्यसमा ३ वटा कोटेशन मागेर वडा अध्यक्ष रामकुमार केसीले आफ्ना मान्छेलाई ठेक्का दिएको बुझिएको छ । काँग्रेसबाट वडा अध्यक्ष निर्वाचित केसीले गुणस्तरमा ध्यान नदिई लागत अनुमान भन्दा थोरै रकम कम गरेर सम्झौता गर्ने र मिलोमतोमा कार्य सम्पन्न प्रतिबेदन तयार गरेर भुक्तानी गर्ने गरेको वडाका एक कर्मचारीले बताए ।

यसै बिषयमा प्रतिकृया लिन खोज्दा केसीले आफू मिडियामा नबोल्ने बोल्न परे पैसा चाहिने बताए ।उनले गरेका अनियमिता बाहिर ल्याएपछि केसी मिडिया प्रति अति नकरात्मक छन् ।

यसकै कारण गत बर्ष  काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको मेटो एफएमको बार्षिक कार्यक्रममा समेत उनले मेटोएफका पत्रकारले रेडियोमा पेन ड्राइभ घुसाएर गित मात्र वजाए तलब खाएको भन्दै सार्वजनिक कार्यक्रममै पत्रकारहरुको अपमान गरेका थिए।

यो पटक सान न्युजले प्रतिक्रिया लिन खोज्दा चुनावमा सहयोग गरेकासँग बोल्ने अरुसँग बोल्ने फुर्सद नभएको भन्दै अनियमितताको जवाफ दिन बाट पन्छिए।

वडा नं १०ले २८ स्थानमा निर्माण कार्य गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ बिपरित काम गरेको गरेको छ । कमिशन दिनेलाई काम दिन कामहरुलाई टुक्रा पारेर दिएको छ।

भ्रष्टचार बिरोधी अभियान चलाउने नागरिक समाज र अख्तियारको यसतर्फ समयमै ध्यान पुग्नुपर्दछ ।

काँग्रेस नेता प्रकाशमान सिंहकै निर्वाचन क्षेत्रमा भएको यो अनियमतामा उपप्रधान एवंम काँग्रेस नेता प्रकाशमान सिंहको पनि ध्यान पुग्नु जरुरी छ ।