बझाङमा भूकम्प गएको छ । बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको माझिगाउँ दक्षिणतर्फ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
यसअघि मष्टा गाउँपालिकाको मासदेव मन्दिर र खप्तडछान्नाकै गडराय केन्द्र बनाएर दुइवटा भूकम्पका धक्का महशुस गरिएको थियो । पटक पटकको भूकम्प जाँदा बझाङबासी त्रसित भएका छन् ।


















